Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आठ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस

१० सोमबार , मंसिर २०८१एक बर्ष अगाडि

आठ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस

बढुवा सिफारिस समिति नेपाल प्रहरीका ८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेकाे छ । समितिको आइतबार बसेको बैठकले ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेकाे र अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै उनीहरूको बढुवा हुने बताइएकाे छ ।  

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।