Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाँचौं पटक म्याद थपका लागि लामिछानेलाई अदालतमा पुर्‍याईयो

०९ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

पाँचौं पटक म्याद थपका लागि लामिछानेलाई अदालतमा पुर्‍याईयो

पाँचौं पटक म्याद थपका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई पाँचौं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

यसअघि कात्तिक २५ गते थपिएको १३ दिनको म्याद समाप्त भएपछि उनलाई आज पुनः अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेमाथि प्रहरीले सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गरिरहेको छ ।