Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एसीसी यू-१९ क्रिकेटका लागि नेपाली टोली घोषणा

०९ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

एसीसी यू-१९ क्रिकेटका लागि नेपाली टोली घोषणा

युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिलको आयोजनामा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

जसका लागि हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्टलाई छनोट गरेको छ । त्यसैगरी  अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली लगायत खेलाडीलाई क्यानले टोलीमा समावेश गरेको छ ।