काठमाडाैँ उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै चिसो बढेकाे छ । उपत्यकामा यो वर्ष पहिलो पटक आज मंसिर ९ गते बिहान मापन गरिएअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि गत हप्ता मंसिर ६ गते उपत्यकाकाे तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । तर आज त्यो भन्दा पनि तल झर्दै चिसो अझै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार उपत्यकाका साथै देशभर नै तापक्रम क्रमश घट्दै गएको र चिसो तीव्र रूपमा बढी रहेको छ । चिसो मौसमको प्रभावले दैनिक गतिविधिमा समेत असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।