Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

वायु प्रदूषण बढ्दै, विशेष सावधानी अपनाउन आग्रह

०७ शुक्रबार , मंसिर २०८१एक महिना अगाडि

वायु प्रदूषण बढ्दै, विशेष सावधानी अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएपछि वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले आज सार्वजनिक सूचना निकालेर बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास बिरामी, गर्भवती महिलाहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

नेपालमा मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको छ । विगत केही हप्तादेखि तराई क्षेत्रलगायत उपत्यकामा वायु प्रदूषण बढेको छ । विभागका अनुसार वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ्य तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।

वायु प्रदूषणको मुख्य कारक उद्योग, कलकारखाना, सवारीसाधनबाट निस्किने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो रहेको विभागको भनाइ छ ।

विभागले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर, कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग, कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न पनि अनुरोध गरेको छ ।