मकवानपुरको चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरा जाँदै गरेको उक्त यात्रुबाहक बस चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका हुन् ।
ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोलाकाे डिलमा पल्टिएको मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीकाअनुसार बस पल्टिएर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
प्रहरीले सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भएको र अन्य ९ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।