Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

झण्डै साढे ११ करोडकाे चिया भारत निर्यात

०७ शुक्रबार , मंसिर २०८१एक महिना अगाडि

झण्डै साढे ११ करोडकाे चिया भारत निर्यात

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले भारतमा झण्डै साढे  ११ करोडकाे चिया भारत निर्यात गरेको छ । संस्थाले ३ लाख ६४ हजार ४४ केजी चिया निर्यात गर्दा ११ कराेड  ४३ लाख ६१ हजार रूपैयाँ आम्दानी गरेकाे हेा ।

संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेका अनुसार गुणस्तरीय चिया उत्पादनमा जोड दिँदै चियाखेती किसानहरूसँग पत्ती किनेर तयारी चिया उत्पादन गरेर भारत निर्यात गरिएकाे हाे । जसका लागि इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालन गरेकाे बताइएकाे छ ।

इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ ।

संस्थाले बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेकाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएकाे बताइएकाे छ भने नेपालमा उत्पादित चियाकाे १० प्रतिशत खपत हुने गरेकाे छ ।