Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महानगरपालिकाद्वारा काठमाडौं प्लाजामा निःशुल्क पार्किङकाे व्यवस्था

०७ शुक्रबार , मंसिर २०८१एक बर्ष अगाडि

महानगरपालिकाद्वारा काठमाडौं प्लाजामा निःशुल्क पार्किङकाे व्यवस्था

काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङकाे व्यवस्था मिलाएकाे छ । महानगरपालिकाले काठमाडौं प्लाजामा रहेकाे पार्किङमा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको हाे ।

काठमाडौं महानगरपालिकाले महानगरपालिकाको कार्यालय रहेको उक्त काठमाडौं प्लाजामा निःशुल्क पार्किङकाे व्यवस्था गरेकाे एक सूचना जारी गर्दै जानकारी दिएकाे छ ।

सुचना अनुसार महानगरपालिकाले कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको हाे ।