आज काठमाडौंकाे तीन ठाउँमा एकै समय प्रदर्शन कार्यक्रम हुने भएकाे छ । संघीय राजधानी काठमाडौंकाे दरबारमार्ग, कोटेश्वर र माइतीघर मण्डलमा भिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेकाे हाे ।
जसअनुसार सत्तारुढ नेकपा एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ भने उक्त कार्यक्रममा एमालेले आज १ लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने बताएकाे छ । त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन कार्यक्रम गर्ने तयारी गरेकाे छ ।
काठमाणडाैँकाे विभिन्न तीन स्थनमा एकैसाथ बिहान ११ बजेबाट सुरू गर्न लागिएकाे प्रदर्शन कार्यक्रममा सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेकाे छ । साेही अनुसार भिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही अनुसार सुरक्षाको योजना बनाएको बताइएकाे छ ।
नेकपा एमालेले जागरण सभाकाे र्याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ भने प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ । तर, प्रसाईं अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा रहेका छन् ।
यता माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुने भएकाले त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।