Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

०७ शुक्रबार , मंसिर २०८१एक बर्ष अगाडि

आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

काठमाडौं, मंग्सिर ६, २०८१ ्र नेपालको पहिलो डिजिटल वालेट ूआइएमई पेूले ूबैंक लिङ्क गरौँ, मोबाईल जितौूँ नामक योजना सार्वजनिक गरेको छ।  यस योजना मार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको  अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको  छ।  

मङ्सिर ६ गते देखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा  पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन्। योजना अन्तर्गत  हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले  एउटा स्मार्टफोन जित्न सक्नेछन्।

प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एप मार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्नेछन्। यस  अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक  अन्य ३ विभिन्न भुक्तानीहरु गर्नु पर्ने हुन्छ।

ूयो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो। आफ्नो बैंक खाताहरू लिङ्क गरेर प्रयोगकर्ताहरूले सजिलैसँग रकम ट्रान्सफर गर्न,विभिन्न  बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्, सबै आफ्नो स्मार्टफोनको सुविधाबाट।ू आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले बताए ।