Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

भारतमा वायु प्रदुषणका कारण विद्यालय बन्द

०६ बिहिबार , मंसिर २०८१एक महिना अगाडि

भारतमा वायु प्रदुषणका कारण विद्यालय बन्द

भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ । वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएसंगै विद्यार्थीलाई घरबाटै अनलाइन शिक्षा दिन शुरु गरिएको छ ।

केही दिनदेखि शहरमा गम्भीर वायु प्रदुषण फैलिएको थियो भने शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका बताइएको छ ।

यसअघि मंसिर २ गते आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषक (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कण) रेकर्ड गरिएको थियो । त्यस्तै सोमबार बिहान यो मात्रा चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थियो र शहर बाक्लो खैरो र आँखा पोल्ने पिरो धुवाँले ढाकिएको थियो ।