Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

नेपाल र भारतका सैनिकबीच पारस्परिक वार्ता हुँदै

०६ बिहिबार , मंसिर २०८१एक महिना अगाडि

नेपाल र भारतका सैनिकबीच पारस्परिक वार्ता हुँदै

आज नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर द्विदेशीय औपचारिक वार्ता हुँदैछ । लामो समयदेखि सहकार्य गर्दै आएको नेपाल र भारतका सैनिकबीच द्विदेशीय औपचारिक वार्ता हुन लागेको हो ।

बुधबार अपराह्न पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आईपुगेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने बताइएको छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले आजै भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम समेत रहेको छ ।

पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आएका द्विवेदी गत असार १६ गते भारतीय सेनाध्यक्षमा नियुक्त भएका थिए । सेनाध्यक्ष द्विवेदीले भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।