Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज विश्व टेलिभिजन दिवस मनाइँदै

०६ बिहिबार , मंसिर २०८१२ बर्ष अगाडि

आज विश्व टेलिभिजन दिवस मनाइँदै

संयुक्त राष्ट्रसंघको महासभाले १७ डिसेम्बर १९९६ गरेकाे निर्णयअनुसार आज विश्वभर विश्व टेलिभिजन दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउने गरिएको हो ।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा लिने गरिएकाे भएता पनि पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले टेलिभिजन हेर्नेको संख्या घटेको विश्लेषण गरिएको छ ।

बीबीसीले सन् १९३६ नोभेम्बर २ देखि नियमित प्रसारण शुरु गरेको इतिहास रहेकाे टेलिभिजनकाे सन् १९५४ देखि रंगीन टेलिभिजनमा विकास भएर रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियाे भने नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हाे ।