Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बाटोमा फोहोर फालेको भन्दै ५० हजार जरिबाना

०६ बिहिबार , मंसिर २०८१२ बर्ष अगाडि

बाटोमा फोहोर फालेको भन्दै ५० हजार जरिबाना

काठमाडौँ महानगरपालिकाले बाटोमा फोहोर फालेको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरेको छ । महानगरपालिकाले सुकेधारास्थित होटेल मेक्योरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हाे ।

काठमाडौँ महानगरपालिकाले ४ नम्बर वडामा रहेको सुकेधारास्थित होटेल मेक्योरले होटेलको फोहोर सडक छेउमा फालेपछि जरिबाना गरेको बताइएकाे छ । 

अबदेखि यस्तो गलत काम नगर्न चेतावनी सहित ५० हजार रुपैयाँ जरिबाना गरेको नगर प्रहरीले जनाएको छ ।