Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

तरकारी खेतीमा झुसिल्किराको प्रकोप

०५ बुधबार , मंसिर २०८१एक महिना अगाडि

तरकारी खेतीमा झुसिल्किराको प्रकोप

पाल्पामा तरकारी खेतीमा झुसिल्किराको प्रकोप बढेपछि किसानहरू चिन्तित बनेका छन् । पाल्पा जिल्लाको रामपुरमा खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनमा लागेका किसानहरू चिन्तित बनेका हुन् ।

जिल्लाको रामपुर नगरपालिका–६ प्याक्लुकमा काउलीमा झुसिल्किराको प्रकोपले सताएउदा काउलीका बोट फस्टाए पनि कीराको प्रकोपले फूल लाग्न नपाएको र कीरा मार्ने प्रयास भएपनि सफल नसकेको बताइएको छ । त्यस्तै झुसिल्किराका कारण रामपुर–५ स्थित राङभाङमा पनि उस्तै समस्या देखिएको स्थानीयको भनाई रहेको छ ।

व्यावसायिक उत्पादनमा लागेका किसानहरुलाई कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ताले सताएको रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमले बताएकी छन् । अहिले झुसिल्किराकोे प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण सुरु गरेको बताइएको छ ।

त्यस्तै पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिएका छन् । गैरेका अनुसार बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको र त्यसका लागि ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको बताइएको छ ।