भक्तपुर अस्पतालले मंसीर ४ गते मंगलबारदेखि मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएकोमा मंगलबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिएकी छन् । यसअघि आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको अस्पतालमा प्रदेश सरकारले उपकरण प्रदान गरेपछि सेवा सञ्चालन गरेकाे हो ।
वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये हाल भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार गरिएको र प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।