Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

०५ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका-१ बरुवा चोकमा गएराति पाैने १० बजे लु २ ख ८९३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हाे ।

ट्रकको ठक्करबाट साइकलमा सवार स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ । 

ट्रकले ठक्कर दिएका नेपालीलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएकोमा डाक्टरहरुले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

दुर्घटना पछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।