Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

गलत र भ्रमपूर्ण अभिव्यक्ति फैलाउने युट्युव च्यानल कारवाहीमा

०५ बुधबार , मंसिर २०८१एक महिना अगाडि

गलत र भ्रमपूर्ण अभिव्यक्ति फैलाउने युट्युव च्यानल कारवाहीमा

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाउने विभिन्न ९ वटा युट्युव च्यान कारवाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै ९ वटा युट्युव च्यानललाई कारवाही गरेको हाे ।

जसमध्ये काउन्सिलले दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ । काउन्सिलले सूचीकरण भएका अन्य च्यानलमा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गर्दै आएकाे छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री केही सामाजिक सञ्जालबाट प्रसारित भएपछि काउन्सिलले 
त्यस्ता माध्यमलाई कारवाही गरेको जनाएको हो ।

काउन्सिलद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन भन्दै प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरण समेत उल्लेख गरिएकाे छ ।