Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने

०४ मंगलबार , मंसिर २०८१एक महिना अगाडि

विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छन् । शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको भन्दै मन्त्री भट्टराई उक्त कुरा बताएकी हुन् ।

हाल २ सय ५ विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्द्धनका लागि भएका कार्यको प्रशंसा गर्दै मन्त्री भट्टराईले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक रहेको बताइन् ।

उनले ससमुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपूरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने भन्दै विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिएकि छन् ।