काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेसँगै चिसाे बढेकाे छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएसँगै चिसाे बढेकाे हाे ।
हिँजाे सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकाे न्यूनतम तापक्रम आज घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो । मौसम पूर्वानुमान महाशाखाकाे अनुसार मंगलबार बिहान पौने ९ बजेको रेकर्ड भएको यो न्यूनतम तापक्रम यो वर्षकै कम हो ।
अहिले काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्न सुरू भएकाे छ । आज काठमाडौं उपत्यकामा हल्का बदली भए पनि सामान्यतया मौसम सफा रहने र कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै महाशाखाका अनुसार अन्य भूभागको मौसम भने सामान्यतया सफा रहने बताइएकाे छ ।