नक्कली नागरिकता जारी गरेको अभियोगमा एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेका छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा (नासु) उमेश कुमार पासवानलाई पक्राउ गरेकाे हो ।
बाराकाे प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, मृतक नेपाली व्यक्तिको नाममा भारतीय मुस्लिम नागरिकको फोटो टाँसी वंशजका आधारमा नागरिकता जारी गरेको आरोपमा नासु पासवानलाई पक्राउ गरिएको हो ।
यसअघि, नागरिकता लिने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको र नासु पासवानमाथि थप अनुसन्धान भइरहेको थियो । कार्यरत अवस्थामा उनले पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावना रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।