Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नक्कली फेसबुक आइडिबाट लाखाैँ ठगि गर्ने पक्राउ

०४ मंगलबार , मंसिर २०८१एक बर्ष अगाडि

नक्कली फेसबुक आइडिबाट लाखाैँ ठगि गर्ने पक्राउ

नक्कली फेसबुकको प्रयोग गरी लाखाैँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई नक्कली फेसबुकको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे ।

गुरुङलाई फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर २७ लाख ८३ हजार २ सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

निज गुरुङले सोही आइडिको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको पनि सूचना अधिकारी आचार्यले जानकारी दिएका छन् ।

ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।