खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले जलेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । सर्लाहीकाे ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा नैमुन खातुन र उनकाे १९ वर्षकी छोरी आशो खातुन आगोले जलेर घाइते भएकाेमा छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन् । ग्याँस लिक हुँदा नैमुनको ७५ प्रतिशत शरिर जलेकाे र तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कीर्तिपुर पुर्याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए ।
नैमुन खातुनलाई पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको प्रहरीले जानकारी दिएकाे छ ।