चीनको दुई अर्ब ५० करोड अनुदानमा दैलेखमा थालिएको पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा पुगेको छ । भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा४ हजार मिटर गहिराईमा ड्रिलिङ गरेर पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भ महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । पेट्रोल निस्किने आशा बढेको छ । पेट्रोलको सम्भाबना बढेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र राजधानीका अनेक विज्ञ त्यहाँ पुगेर प्रगति हेर्दैछन् । खासगरी भारत र पश्चिमालाई आश्चर्य लागेको छ ।