राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । हिजो आइतबार आयोगमा हाजिर भएका डा. अर्यालले राजीनामा दिएका हुन् ।
डा. अर्यालको राजीनामा बारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यसअघि कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल आइतबार रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतकारूपमा हाजिर भएका थिए ।
अर्याललाई अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र उक्त मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएर डा. अर्याल पुनः सरकारी सेवामा फर्किएका थिए ।