Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रपति पौडेलद्धारा ६ देशका लागि राजदूत नियुक्त

०२ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

राष्ट्रपति पौडेलद्धारा ६ देशका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले जर्मनी, रुस, संयुक्त अधिराज्य, साउदी अरेबिया, थाईल्याण्ड, क्याम्बोडिया र सिंगापुरका लागि राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली राजदूतमा डा.शैल रुपाखेती, रुसका लागि जंगबहादुर चौहान, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरेलाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै, साउदी अरेबियाका लागि डा.नरेशविक्रम ढकाल, थाईल्याण्ड र सिंगापुरका लागि  धनबहादुर वलीलाई नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।