Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

०२ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको  हो ।

हात्तीले भण्डारीलाई आज बिहान आक्रमण गरेकाे बताइएकाे छ । हात्तीले भण्डारीको घर भत्काउन थालेपछि हात्तीलाई धपाउ खोज्दा उनलाई आक्रमण गरेकाे जिल्ला वन कार्यालयका प्रमुख मेघराज जानकारी दिएका छन् ।

हात्तीको आक्रमणमा परेका भण्डारीको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।