Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

०२ आइतबार , मंसिर २०८१एक महिना अगाडि

ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई ललितपुरमा आयोजित एक कार्यक्रममा स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ स्मार्ट फोन हस्तान्तरण गरिएकाे बताउँदै मुख्यमन्त्री लामाले नागरिकको गुनासालाई सम्बोधन हुने गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्ने बताएका छन् । उक्त कार्यक्रममा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिएका थिए ।

स्मार्ट फोन हस्तान्तरण पछि प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिहरेको नेपाल प्रहरीलाई स्मार्ट फाेन हस्तान्तरणले अत्यन्तै उपयोगीसिद्ध हुने विश्वासका साथ प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिस्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उनले बताएका थिए ।