बैतडीको चार स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको हो ।
चारओटै पालिकामा रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको स्थानीय अवसरमा सार्वजनिक बिदा दिइएको हो । पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा दिइएको छ भने मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले बिहीबार पनि सार्वजनिक बिदा दिएको थियो ।
दशरथचन्द नगरपालिकाले नगरपालिका-४ स्थित प्रसिद्ध जगन्नाथ मन्दिर, वडा नं. ११ सीमस्थित ग्वाल्लेक केदार मन्दिर र दनपा- १ सतपालीस्थित दानेश्वर नागार्जुन मन्दिरमा जात्रा लाग्ने भएकाले शुक्रबार सार्वजनिक बिदा दिएको बताईएको छ ।