Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्रका लागि हतियार उठाउने

१५ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

शाही युवा शक्ति नेपाल भन्ने समूहले जेठ १५ भित्रै राजतन्त्र पुनस्थापना गर्न आन्दोलनको घोषणा गरेको छ। अहिलेसम्म कोठे संगठनजस्तो देखिएको यो युवाशक्तिले राजधानी केन्द्रित संघर्ष गर्ने र हतियार उठाउन परे उठाउने धम्कीसमेत दिएको छ। गणतन्त्र विरुद्ध राजतन्त्र पुनर्वहाली एकमात्र लक्ष्य भनेको छ। युवा शक्ति नेपालले रिपोर्टर्स क्लवबाट यस्तो आश्चर्यजनक घोषणा गरेको हो। शाही युवाशक्ति नेपालका अध्यक्ष छन् पशुपति खड्का। खड्का भन्छन्– गणतन्त्र विदेशीले लादेको एजेन्डा हो। नेपाली माटो सुहाउँदो राजतन्त्र नै हो, राजतन्त्रको पुनर्स्थापनाका लागि बलिदान दिन तैयार छौं। आवश्यक परे हतियार पनि उठाइन्छ। निरंकूशताको अन्त्य गर्ने जनआन्दोलनको एजेन्डा हो। गणतन्त्र लादियो। एउटा द्वन्द्वको अन्त्य गर्ने नाममा अर्को विवाद रोपियो। हाम्रो माग राजासहितको प्रजातन्त्र हो।

युवाशक्ति नेपालकाका अर्का नेता हुन् कृष्ण थापा। उनी भन्छन्– राजतन्त्रलाई पाखा लगाएर घोषणा गरिएको संविधान कार्यान्वयन हुनैसक्दैन। जेठ १५ भित्रै राजतन्त्र पुनर्स्थापना गर्न राजधानी केन्द्रित जनमत तैयार गर्न हामी अग्रसर भएका छौं। पछिल्लो पटक शिवरात्रिका दिन पूर्वराजाले पशुपति दर्शन गरेपछि अहिले जनताले दुःख पाइरहेकोमा असन्तुष्टि प्रकट गरेका थिए। त्यसअघि थाइलैण्ड पुगेर चीन र भारतको संस्थापनसँग सम्बन्ध सुधार गरेर वार्ता भएका समाचारहरु सार्वजनिक भइसकेका छन्।

अहिले प्रधानमन्त्री केपी ओली चीन भ्रमण सकेर भर्खर फर्केका छन् र चीनले नेपालको संविधानको स्वागत गरेकोमा ठूलै उपलव्धि मानेका छन्। ओलीले गत महिना गरेको भारत भ्रमणमा भारतले संविधानको स्वागत गरेन। स्मरणीय के छ भने देशवासीले संविधानको समर्थन र अपनत्व ग्रहण किन गर्न सकेनन्? भनेर खोज्न नसक्ने ओली सरकार विदेशीको समर्थन खोज्न हिडेको छ। संविधान नेपालले नेपालको लागि निर्माण गरेको हो कि विदेशी समर्थनका लागि निर्माण गरिएको हो? संविधानको देशभित्रै व्यापक विरोध भइरहेको छ। ९१ प्रतिशत जनमत र जनबलले घोषणा गरिएको भनिएको संविधान कार्यान्वयन हुन नसकेर असरल्ल अवस्थामा छ। यस्तो स्थितिमा भारतको विरोध अथवा चीनको समर्थनले नेपालको संविधान बुख्याँचाबाट प्रभावकारी हुनसक्दैन। यसकारण शाही युवाशक्ति नेपालले केही गरिहाल्छ कि? धेरैको जिज्ञासा आकर्षित गर्न थालेको देखिदैछ।