Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

बक्यौता महसुल बुझाउन दुई साताको अल्टिमेटम

२९ बिहिबार , कार्तिक २०८१एक महिना अगाडि

बक्यौता महसुल बुझाउन दुई साताको अल्टिमेटम

नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यसायीलाई दुई साताभित्र बक्यौता महसुल बुझाउन अल्टिमेटम दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सरकारको निर्देशनअनुसार दुई साताभित्र बक्यौता महसुल बुझाउन अल्टिमेटम दिएको हो ।  

नेपाल विद्युत प्राधिकरणका अनुसार यहि आउने मंसिर १२ गतेभित्र बक्यौता महसुल बुझाउन पर्नेछ । प्राधिकरणले बक्यौता रकम नुबुझाएमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले हिँजो एक पत्रकार सम्मेलन अओजना गर्दै  १५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्ने बताएका छन् । सरकारले नै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेकाले आफूहरु त्यसको कार्यान्वयनमा लागेको घिसिङको भनाइ रहेको थियो ।

यसअघि मन्त्रिपरिषदले निर्णय गरेसँगै कात्तिक ८ गते बिजुली काटेका सबै उद्योगहरुमा प्राधिकरणले बिजुली जोडिसकेको छ भने गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।