Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

पेट्रोलियम पदार्थको अन्वेषणको ७९ प्रतिशत काम सकियो

२९ बिहिबार , कार्तिक २०८१एक महिना अगाडि

पेट्रोलियम पदार्थको अन्वेषणको ७९ प्रतिशत काम सकियो

दैलेख जिल्लामा सुरु गरिएको पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा सुरु गरिएको उक्त पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा त्यसको ७९ प्रतिशत काम सकिएको हो ।

खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हाल ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको बताईएको छ । पेट्रोलियम पदार्थको अन्वेषण स्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल पुगेर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् ।

उक्त स्थानमा पेट्रोलियम पदार्थ भएनभएको पत्ता लगाउन चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्ने बताईएको छ । हाल चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी रहेको छ भने महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ को काम गरिरहेको छ ।