Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीहरूको विवरण खोजिँदै

२८ बुधबार , कार्तिक २०८१२ दिन अगाडि

विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीहरूको विवरण खोजिँदै

वैदेशिक तालिम तथा अध्ययन भ्रमणका लागि छनोटमा परेका कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन सबै मन्त्रालय, आयोग, र सम्बन्धित सरकारी निकायहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा वैदेशिक अध्ययन, तालिम तथा अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीको तथ्यांक खोजेको हो ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले माग गरेको विवरण उपलब्ध गराउन भन्दै विभिन्न सरकारी निकायहरूबाट अध्ययन, तालिम, र अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा पठाउन मन्त्रालयले परिपत्र गरेको हो ।

परिपत्र अनुसार सबै मन्त्रालय र सरकारी निकायहरूले विदेश भ्रमणमा गएका तथा जान तयारीमा रहेका कर्मचारीहरूको विवरण २ दिनभित्र प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराउनु पर्ने बताइएको छ । त्यस्तै परिपत्रमा भ्रमणमा सहभागी भएका कर्मचारीहरूको नाम, कार्यरत निकाय, भ्रमणको उद्देश्य, भ्रमण अवधि, र भ्रमण गर्ने देशको विवरण समेत स्पष्ट रूपमा पठाउन भनिएको छ ।

सरकारले सरकारी स्रोतको दोहन गर्दै मनपरी विदेश जान थालेसँगै अनावश्यक घुमघाम रोक्न यस्तो कदम चालेको हो । विशेष गरी प्राविधिक मन्त्रालयहरूमा सचिव तथा सहसचिवहरू मन्त्रालयमा कम विदेश बढी जाने गरेको देखिएकाले सबै मन्त्रालय, आयोग र सचिवालयलाई परिपत्र गर्दै कार्यालयले आगामी दुई दिनभित्र विवरण उपलब्ध गराउन भनेको छ ।