Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

विद्युत काटिएका २८ वटा उद्योगमा विद्युत लाइन जोडिने

२८ बुधबार , कार्तिक २०८१एक महिना अगाडि

विद्युत काटिएका २८ वटा उद्योगमा विद्युत लाइन जोडिने

नेपाल विद्युत प्राधिकरणले विद्युत काटिएका २८ वटा उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

त्यसैगरी मन्त्रिपरिषद्को निर्णयको पत्र मंगलबार साँझ प्राधिकरण पुगेको थियो । मंगलबार साँझ ऊर्जा मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै विद्युत काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको बताइएको छ ।