भएका विमान बेच्ने अथवा कवाडी बनाएर थन्क्याउने, नयाँ खरिद गरिएका विमानमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको रिपोर्ट महालेखाले नै स्पष्ट पारे पनि छानबिन नै हुनसकेन । शाही नेपाल वायुसेवा निगमको नाम शाही हटाए पनि भ्रष्टाचारको दलदल बन्नपुगेको छ ।
पहिले पनि निजीकरण गर्न अनेक बितण्डा खडा गरिएकोमा अहिले पनि छिटो नेपाल एयरलाई असफल पारेर निजीकरण गर्ने भ्रष्ट नेता, व्यापारी, उद्योगपतिहरूको षडयन्त्र जारी छ । त्यही षडयन्त्रलाई सघाउ पु¥याउन पार्टी निकट निगमको नेतृत्व र कर्मचारीहरूले निगमको सेवालाई झन झन अविश्वसनीय पार्दै लगेका छन् । यहीकारणले निगमभित्रका इमानदार कर्मचारी पनि निराश भएको देखिन्छ ।
सकभर यात्रुहरूले अन्य एयरको टिकट खरिद गर्ने, कतै नपाएमात्र नेपाल एयरको टिकट खरिद गर्नुले पनि नेपाल एयरको साख समाप्त भएको देखिन्छ । निगमलाई कसरी स्वस्थ र प्रतिस्पर्धात्मक बनाउने कुनै योजना देखिदैन ।
झण्डै साँढे दुईमहिनापछि बल्ल वाइडबडी अन्नपूर्ण सीचेक गरेर इटलीबाट फर्केको छ । अर्को वाइडबडी सीचेककै लागि इटली पठाइएको छ । महिना दिन नलाग्ने सी चेक गर्न किन हरेकपल्ट दुई साँढे दुई महिना लगाइन्छ, यो पनि अनुसन्धान हुनुपर्ने देखिन्छ ।
पञ्चायत सकिदा २७ जहाज भएको नेपालसँग अहिले दुई वाइड र दुई न्यारोबडी जहाज छन् । यिनै जहाज पनि इमानदारीका साथ चलाउन नसक्दा जो नेपाल एयर चढ्छन्, तिनले साह्रै दुःख पाउने गरेका छन् । नेपाल एयर यस्तो विमान कम्पनी बनेको छ, जुन समयमा कहिले नउड्ने, यात्रुलाई अभरमा पार्ने, अविश्वसनीय एयर बन्नपुगेको छ ।
जहाजका चक्का पन्चर हुँदासमेत कैयौं दिन उडान स्थगित भएका उदाहरण छन् । यसैवीच पर्यटकीय सिजन सुरू हुनासाथ त्रिभुवन विमानस्थल ७ महिनाका लागि मर्मत गर्ने भनेर दैनिक १० घण्टा बन्द गरिएको छ । बिज्ञ भन्छन्– यसरी १० घण्टा बन्द नगरीकनै टेक्सीवे निर्माण गर्न सकिने हुँदा हुँदै भैरहवा र पोखरा अन्तर्राष्ट्रि विमानस्थल देखाएर त्रिभुवन विमानस्थल मर्मत थालिएको छ । यो पनि ठूला विमानकम्पनीलाई मनलागी भाडा उठाउने मौका दिएर लूट अभियान चलाइएको आरोप लागेको छ ।
अन्तर्राष्ट्रिय उडानलक्षित २७४ सिट क्षमताको वाइडबडी जहाज मर्मतका अलपत्र पारिदा करोडौं करोड घाटा र यात्रुलाई दुःख भएको छ । इटालियन कम्पनी एटिटेकसँग भएको सम्झौताबमोजिम सि–चेक नेपाली जहाज इटली पठाउने गरिएको छ । प्रवक्ता रमेश पौडेल भन्छन्– मर्मत हुँदैछ भनेको छ, कम्पनीले ढिला गरको हो । नेपाल एयरका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अन्य पदाधिकारीले मर्मतका नाममा घुम्ने अवसर छोपेका छन् । संसदीय समितिले ताकेता गरेजस्तो गरे पनि समितिका सदस्यले पनि नेपाल एयरबाट लाभ लिएको बताइन्छ । बेला बेलामा सीचेक बारे छानबिन पनि हुनेगरेको छ, तर प्रश्न उठाउने र नेपाल एयरलाइन्स फेरि पनि लथालिङ्ग चालाले चल्ने गरेको छ । विश्वका कुनै पनि विमान कम्पनीले यसरी आफ्ना विमानलाई असरल्ल पार्दैनन्, सेवालाई चुस्त दुरूस्त पार्छन् । तर नेपालमा राष्ट्रिय ध्वजावाहक निगम राजनीतिक नेतृत्वले कमिशन खाने र आफ्नालाई भर्तीकेन्द्रका रूपमा विकास गर्ने गरिएको छ । राजनीतिक दबाब, नेताका आफन्त, परिवारजन र व्यभिचार बढी भएकाले नै राष्ट्रिय ध्वजावाहक निगम लज्जास्पद अवस्थामा पुगिसकेको छ ।
विदेशी विमान कम्पनीहरूले धमाधम उडान थप्न दबाब दिएका बेलामा ७ महिनाका लागि ३० प्रतिशत उडान रोकिदा यात्रुहरूले दोब्बरभन्दा बढी शुल्क तिरेर टिकट खरिद गर्न बाध्य भएका छन् । हप्तामा ४ सय १८ बाट २ सय ९५ उडानमा घटेको अवस्था छ । भैरहवा र पोखरामा प्mाइ दुबई, एयर एसिया, जजिरा, नेपाल, थाईले उडान थालेका छन्, उनीहरू बाध्यताले त्यता उडान थालेका छन्, त्यत्ति आकर्षित छैनन् ।
नेपालको ध्वजाबाहक ध्वस्त भइसकेको छ । ध्वजावाहकलाई कसरी विश्वसनीय तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अब पनि गम्भीर नहुने र निगमलाई भ्रष्टाचारको दलदलमात्र बनाउने हो भने यो विमान कम्पनी नाममा मात्र सिमित हुने देखिन्छ । आक्रामक रणनीति, सक्षम नेतृत्व, कर्मचारीलाई चुस्त पार्ने कहिले ?