नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले समयमा मागेको विवरण नदिएको भन्दै पूरक स्पष्टीकरण सोधेको छ । मन्त्रालयले पछिल्ला ४ वर्षका ठेक्का लगायतका विवरण कात्तिक ८ गते भित्र बुझाउन भनिएकोमा उक्त समयमा विवरण नबुझाएकाले पूरक स्पष्टीकरण सोधेको हो ।
यसअघि असोज २२ गते सोधिएको १५ बुँदे स्पष्टीकरणको जवाफ नआएपछि तिहारअघि नै थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । तर, घिसिङले चाडपर्वका कारण विवरण सङ्कलन गर्न नसकेको भन्दै थप समय मागे पनि उक्त समय भित्रसमेत जानकारी उपलब्ध नगराएपछि थप स्पष्टीकरण सोधिएको बताइएको छ ।