Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

गण्डकी प्रदेशका सांसद मनाङे पक्राउ

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

गण्डकी प्रदेशका सांसद मनाङे पक्राउ

गण्डकी प्रदेशका प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबी टोलीले सांसद मनाङेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

कातिक २७ गते मंगलबार नेपाल प्रहरीको सिआइबी टोलीले उनलाई पक्राउ गरेको बताईएको छ । सांसद मनाङेलाई कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएपछी उनि सम्पर्क बिहिन भएका थिए ।

सर्वोच्च अदालतको फैसला लगत्तै सम्पर्क बिहिन भएर फरार रहेका मनाङे प्रहरीको खोजीको सुचीमा रहेका थिए । केही दिन अगाडि मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताउदै एक प्रेस विज्ञप्ति जारी गरेर अदालतको फैसलापछि मोबाइल अफ गर्नुपरेको र अदालतको पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका थिए ।

चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ । गण्डकी प्रदेशका सांसद मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।