Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बेपत्ताका परिवारलाई लातका लात

१५ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

बेपत्ता र सत्यनिरुपण तथा मेलमिलाप आयोग सक्रिय हुन थालेको हप्तामै बेपत्ता परिवारले कि श्वास लेउ, कि लाश देखाउ भनेर प्रधानमन्त्री निवासअगाडि धर्ना दिन पुग्दा तिनीहरुलाई लोकतान्त्रिक सरकारले प्रहरीलगाएर लाठी र लात्तीले भकुर्नु भकुरेको छ। द्वन्द्वपीडित साझा चौतारी भन्ने संस्थाले धर्ना दिन गएको थियो, सबैलाई प्रहरीले लाठी बजारेर नियन्त्रणमा लियो, तितरबितर पार्‍यो र छाडिदियो। यो चैत १० गतेको घटना हो।

बेपत्ता नागरिकका परिवारको माग छ– बेपत्ताको स्थिति सार्वजनिक गर, मानवाधिकार सुनिश्चित गर, दोषीलाई कारवाही गर, दण्डहीनताको अन्त्य गर। सत्य अधिकार दिवसका दिन पीडितको छातीमा लाठी बर्साउने सरकार प्रमुख केपी ओलीले केही दिन अघि जनयुद्धकारी माओवादीका नेताहरुलाई भनेको थियो– कसैले जेल जानु पर्दैन।eजनयुद्धकालीन मुद्दामा पीडकलाई आममाफी दिने र पीडितलाई केही क्षतिपूर्ति दिएर सबै मुद्दाहरु फर्स्यौट गर्ने तैयारी सरकारले गरिरहेको देखिन्छ।