Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

भैरहवा विमानस्थलमा दैनिक उडान गर्दै कतार एयरवेज

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

भैरहवा विमानस्थलमा दैनिक उडान गर्दै कतार एयरवेज

नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले दैनिक उडान गर्ने भएको छ । आज कातिक २७ गतेदेखि कतार एयरवेजले कतारको दोहादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको हो ।

कतार एयरवेजले दैनिक एक उडान दोहा-भैरहवा-काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । कतारको दोहाबाट २ : ४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।

कतार एयरवेजले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएकोमा अब दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक ४ उडान भर्दै आएको थियो ।

कतार एयरवेजले उडान गरेसंगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने कतार पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् भने आजबाट कतार एयरवेजले उडान भर्दैछ ।