Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

आज हरिबोधिनी एकादशी मनाईदै

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

आज हरिबोधिनी एकादशी मनाईदै

आज हिन्दु धर्मावलम्बीहरुले हरिबोधिनी एकादशीको अवसर पारेर तुलसीको विशेष पूजा-आराधना गर्दै तुलसी र दामोदरको ‘विवाह’ गरिदिने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) चार महिना तुलसीको व्रत गरेर विशेष पूजा सहित आज तुलसीको विवाह गरिन्छ ।

काठमाडौंका चाँगुनारायण, बूढानीलकण्ठलगायत विष्णुको मन्दिरमा आज विशेष मेला लाग्ने गर्दछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग ‘विवाह’ र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्ग गाडेर विधिपूर्वक पूजा गर्ने गरिन्छ भने कार्तिक महिना तुलसी र विष्णु पूजामा विशेष महत्व रहेको पाईन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर फूलमाला, तोरनले सजाएर आज तुलसीको ‘विवाह’ गराइन्छ ।

त्यसैगरी आज हरिबोधिनी एकादशीका दिन सखरखन्ड, पिँडालु, तरुल उसिनेर खाने चलन समेत रहेको छ ।