कोशी प्रदेशका कानुन मन्त्री लीलाबल्लभ अधिकारी नै मानव तस्करीमा मुछिए । पहिले संसदका उपाध्यक्ष इन्दिरा राना मुछिइन, कतिपय जेलमा छन्, कतिपय मुद्दा बोकिरहेका छन् । एमालेले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राजीनामा गरायो, पार्टीबाट निकाल्यो र प्रहरीबाट पक्राउ गरायो ।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० देखि १३ लाख बुझाएका रहेछन् । ६ जनालाई जापानले डिपोट गरेपछि मन्त्रीसमेत थुनामा छन् । यसरी मन्त्री नै मानव तस्करीमा लाग्नुले नेपालको इज्जत कहाँ पुग्यो ? नेपालका नेताहरूका कारणले विश्वजगतमा नेपाली बेइमान भन्ने छाप बस्न पुगेको छ ।