Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

युद्धमा बिलाएको सपना

२७ मंगलबार , कार्तिक २०८१२ बर्ष अगाडि

युद्धमा बिलाएको सपना

कात्तिक २४, काठमाडौं । रमेश खनालको कृति ‘युद्धमा बिलाएको सपना’ लोकार्पित गरिएको छ । 
रमेश खनाल परिचित रङ्गकर्मी हुन्  । विश्व चित्रकलाका विषयमा उहाँलाई विशेष ज्ञान छ । तथापि यसपटक लघुकथाकृतिका साथ आएका छन् । साहित्यिक पत्रकार संघ 
(ीष्तभचबचथ व्यगचलबष्कित ब्ककयअष्बतष्यल)ले ब्चगउबल ब्चत न्बििभचथ, ल्भउब िको सभाकक्षमा कथाकार रमेश खनालको लघुकथा कृति युद्धमा बिलाएको सपना लोकार्पण गरिएको हो । 
सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले संयुक्त रूपमा गर्नु भएको थियो ।
लोकार्पित लघुकथा कृति युद्धमा बिलाएको सपनाबारे समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नु भयो भने साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना दिनु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान पनि गरिएको थियो । 
कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गर्नु भयो भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्य, अध्यक्ष लेकाली र कृतिकार खनालले आआफ्नो मन्तव्य राख्नु भयो । 
कार्यक्रममा दिव्य गिरी, श्रीराम राई, डा. बुनु दाहाल, राधेश्याम मुल्मी, डा. सुमी रिमाल, प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, नीरा श्रेष्ठ महर्जन, श्रीमती रिता खनाल, विनोद गुप्ता, सन्जु प्रधान मास्के, सगुन भण्डारी, सुस्मिता कार्की, कोमल श्रेष्ठ, कृति राउत, दीक्षा चौधरी लगायत साहित्यकार र कलाकारको उपस्थिति रहेको थियो । लघुकथाका पारखीहरूका अनुसार लघुकथा युद्धमा बिलाएको सपना उच्चकोटीको रहेको छ । साह्रै चित्ताकर्षक लघुकथाहरू पढ्न थालेपछि छोड्न मन नलाग्ने खालका छन् ।