Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

चेतन कार्की प्रतिष्ठानको ८६औं जन्मजयन्ती

२७ मंगलबार , कार्तिक २०८१२ बर्ष अगाडि

चेतन कार्की प्रतिष्ठानको ८६औं जन्मजयन्ती

२०८१ कात्तिक २२, काठमाडौं ।
चेतन कार्की प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती समारोहको आयोजना ग¥यो ।
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्रतिष्ठा अध्यक्ष चर्चित कलाकार 
मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । 
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरू मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र,  के. सी., नेपाल चलचित्र विकास बोडका अध्यक्ष दिनेश डी. सी., नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चर्चित गायक प्रेमराजा महत, वरिष्ठ समालोचक 
प्रा. डा. गोविन्दमान सिंह कार्की, चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौला, कार्यसमिति सदस्य राधेश्याम लेकाली र चेतन कार्कीका नातिनी मदालसाश्री कार्की लगायतले आआफ्नो मन्तव्य राख्दै चेतन कार्कीको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोडका अध्यक्षमा नियुक्त हुनु भएकोमा कलाकार दिनेश डी. सी.लाई माला लगाएर बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको गीत गाउनु भएको थियो भने प्रतिष्ठानका महासचिव मुरारी सिग्देलले सहजीकरण गर्नु भएको थियो । कलाकारहरू वसन्त श्रेष्ठ, बसुन्धरा भूषाल, चैत देवी सिंह, आर पी पन्त, मिलन मोक्तान, नरहरि प्रेमी, छत्र ब. गुरूङ, पूर्व सचिव डा. खगराज बराल, साहित्यकारहरू गोपाल थपलिया, श्रीपुरूष ढकाल, रमेशनाथ खनाल, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, भीम खरेल, नगेन्द्रराज पौडेल, श्रीओम श्रेष्ठ, रामप्रसाद पन्त, सुमन वर्षा, प्रद्युम्न जोशी, विजयध्वज थापा, श्रीबाबु कार्की, दीपा राई पुन, प्रेमप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, सुवाशचन्द्र ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, शिव अधिकारी, बेन्जु सरोज, समिना खनाल पृथा, बैरागी जेठा, इन्दिरा ढकाल, राज रजक, सुधा शर्मा, नीरा श्रेष्ठ, गीता अधिकारी, भानुप्रकाश जोशी, जीवनकुमार श्रेष्ठ, कला भट्टराई, एन बी. अन्जान, प्रमोद सारङ, प्रज्वल अधिकारी, इम्तियाज वफा, मोमिन खान, डा. गणेश गुरूङ, राम गुरूङ, बद्री गुरूङ लगायतको बाक्लो उपस्थिति रहेको थियो ।