Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मन्त्री दाहालद्धारा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण

२६ सोमबार , कार्तिक २०८१एक महिना अगाडि

मन्त्री दाहालद्धारा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण

ललितपुरको ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरीक्षण गरेका छन् । आज बिहान मन्त्री दाहालले मन्त्रालयका उच्च अधिकारीसहित निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका हुन् ।

बिहान निर्माण स्थलमा पुगेका मन्त्री दाहालले फ्लाई ओभरको निरीक्षण गर्दै फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका थिए । मन्त्री दाहालले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउदै फ्लाई ओभर निर्माणको कामलाई तिब्रता दिंदै समयमै सक्न निर्देशन दिएका छन् ।

निरीक्षण टोलीमा मन्त्रीदाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायत अधिकारी सहभागी रहेका थिए । २०७८ साल फागुन १२ गतेदेखि निर्माण शुरु गरिएको फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ ।

उक्त फ्लाई ओभरको ठेक्का पाएको आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले ३० मिटर स्पानको ४ लेनको पुल सहित निर्माण गरिरहेको छ ।