Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काटिएको विद्युत लाइन २४ घण्टाभित्र जोड्न निर्देशन

२६ सोमबार , कार्तिक २०८१२ बर्ष अगाडि

काटिएको विद्युत लाइन २४ घण्टाभित्र जोड्न निर्देशन

नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उत्पादनका साथै राजस्व संकलन घटेको, रोजगारी र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको हो ।

प्राधिकरणले विद्युत् लाइन काटेएपछि अर्थतन्त्रमा प्रत्यक्ष असर परेको बताउदै मन्त्रिपरिषद्ले २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न निर्णय गरेको थियो । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दै बैठकले उद्योगहरूबाट विद्युत्‌को वक्यौता रकम १५ दिनभित्र बिलअनुसार असुलउपर गर्न पनि निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको बताईएको छ ।