राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा चौथोपटक अदालत उपस्थित गराइएको छ । कातिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा पुर्याइएको लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइएको हो ।
आज चौथोपटक पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । प्रहरीले लामिछाने विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको बताईएको छ ।