Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तीन दशकपछि बागीश्वरी सडक कालोपत्रे

२५ आइतबार , कार्तिक २०८१एक महिना अगाडि

तीन दशकपछि बागीश्वरी सडक कालोपत्रे

तनहुको व्यास नगरपालिकामा सडक खनिएको ३१ वर्षपछि सडक कालोपत्रे सुरु गरिएको छ । व्यास नगरपालिका-११ स्थित बागीश्वरी सडक ३१ वर्षपछि कालोपत्रे गर्न सुरु गरिएको हो ।

उक्त सडक कालोपत्र गर्न संघीय सरकारबाट ४ करोड बजेट विनियोजन भएपछि सडक कालोपत्र गर्न सुरु गरिएको बताईएको छ । पहिलो चरणमा व्यास नगरपालिका-११ शेराबाट ढुंगाखानीसम्म कालोपत्र हुँदैछ भने हालसम्म ८ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ ।

त्यसैगरी व्यास नगरपालिका-११ बाट भानु नगरपालिका-६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम भईरहेको बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी गराएका छन् ।