Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

२०५६ देखि २०७७ सालसम्म अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

२५ आइतबार , कार्तिक २०८१एक महिना अगाडि

२०५६ देखि २०७७ सालसम्म अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले अन्तिम एक पटकका लागि फाराम भर्न आह्वान गर्दै मौका परीक्षाको व्यवस्था गरेको हो ।

बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको बताइएको छ ।

मौका परीक्षामा सहभागी हुनका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ भने पुरानो ग्रेडिङ प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।

जसका लागि १ हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड १ हजार रुपैयाँ तिरेर फाराम भर्न सक्ने पनि बोर्डले उल्लेख गरेको छ ।