Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

२५ आइतबार , कार्तिक २०८१एक महिना अगाडि

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी २९औँ सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९ कोप-२९० मा भाग लिन राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई राष्ट्रपति पौडेलले कात्तिक २७ गते सम्बोधन गने कार्यक्रम रहेको छ ।  

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालनगर्ने बताइएको छ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।

जलवायुको असरबाट विश्वमै सबैभन्दा बढी नेपाल प्रभावित रहेको र बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने बताइएको छ ।

सम्मेलन यही कात्तिक २६ गतेबाट सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।