Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

विराट महायज्ञमा हजारौं यज्ञसाधक र वैज्ञानिक सहभागी

२३ शुक्रबार , कार्तिक २०८१२ महिना अगाडि

विराट महायज्ञमा हजारौं यज्ञसाधक र वैज्ञानिक सहभागी

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा हजारौं यज्ञसाधक र वैज्ञानिक सहभागी भएका छन् । विश्व कल्याण र शान्तिको कामना गर्दै सुरु गरिएको महायज्ञमा १ हजार १ सय ११ आचार्य तथा बटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका हुन् ।

उक्त महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकास्थित महर्षि विश्वविद्यालयका कुलपति जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्ने बताएका छन् । योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उनको भनाई रहेको छ ।

त्यसैगरी महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी समेत आयोजना भएको छ । उक्त महायज्ञ तथा मेला विश्वभर वैदिक परम्पराको प्रवर्द्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको चिरशान्तिको उद्देश्यका साथ आयोजणा गरिएको हो ।

आयोजकले महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।